तिहारको म्युजिक भीडियो गीत सार्वजनिक

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार निवासी मौसम नेवार र मोहित भुजेलको तिहारको भिडियो गीत सार्वजनिक गरियो। तिहारको छेक पारेर तयार पारिएको उक्त म्युजिक भिडियोलाई गायक मोहित भिजेल, संगीतकार मौसम नेवार, पत्रकार हनोक थापा लगायत उज्जवल सेवा, आशिष प्रधान र असीम प्रधानको बाहुलीबाट सार्वजनिक गरियो। उक्त तिहारको गीतको छाँयाङ्कन सिविटार र बाघमारा बस्तीमा गरिएको छ। यस गीतलाई सञ्जीव छेत्री र मौसम नेवारले लेखेका छन् भने संगीत र संगीत संयोजन मौसम नेवारले गरेका छन्। यस गीतमा तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन दुईको विजेता गायक मोहित भुजेलको स्वर रहेको छ। यस गीतको म्युजिक भिडियोको छाँयाङ्कन साहिल प्रधानले गरेका हुन्। उक्त तिहारको म्युजिक भिडियो गीतलाई हाम्रो ब्याण्ड अफिसियल प्रोडक्शन नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। यस म्युजिक भिडियोमा सिविटार क्षेत्रकै स्थानीय कलाकारहरूलाई मौका दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *