तिहारको पहिलो दिन धनतेरसको अवसरमा खरसाङ बजारमा मानिसहरूको भीड़

खरसाङ : आज तिहारको पहिलो दिन काग तिहार अनि धनतेरसको अवसरमा खरसाङ बजारमा केही भीड़ देखियो। खरसाङ बजारमा धनतेरसको सौदापात गर्ने मानिसहरूको भीड़भाड़ देखिए तापनि बिक्री बट्टा भने गत वर्षको तुलनामा केही कम नै रहेको दोकानदारहरूको भनाई रहेको छ। तिनीहरूले बताए अनुसार यसपाली दिउँसो 2 बजेसम्म केवल 35 देखि 40 प्रतिशतसम्म मात्र बिक्री भएको छ। यसपाली धनतेरसमा सर-समानहरु किनबेचमा पनि केही महँगो भएको छ। गत वर्षको तुलनामा यसपाली ताँबा, पित्तल, काँसा, अल्म्युनियम आदिको 20 देखि 25 प्रतिशतसम्म दाममा वृध्दि भएको बताउँछन् दोकानदारहरू। कुनै दोकानदारहरूले बताए अनुसार धनतेरसको बिक्री बट्टाको अनुमान 3 बजेदेखि 5 बजेसम्मको बिक्री बट्टालाई हेरेर मात्र गर्न सकिने बताएका छन्। आज खरसाङ बजारमा गत दिनहरूको तुलनामा निक्कै मानिसहरू देखियो। कोरोनाकालको सबैभन्दा अधिक मानिसहरूको भीड़ देखियो आज। तिहारको सौदापात गर्नेहरूको भीड़ पनि देखियो भने कोरोनाको मामिला केही कम्ति भएकोले पनि बजारमा मानिसहरूको निक्कै भीड़ देखियो। खरसाङ बजारमा सौदापात गर्ने मानिसहरूले धेरैले मास्क लगाए पनि कतिजनाले भने मास्क नलगाई डुलिरहेको र सौदापात गरिरहेको पनि देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *