तिहारको उपलक्ष्यमा आश्रमका नानीहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : दिपावली अर्थात् तिहारको उपलक्ष्यमा टेबल टेनिस कोच भारती घोष र समाजसेवी अनुप बसुले आवश्यकमन्द नानीहरूलाई नयाँ लुगाफाटा वितरण गर्यो। भारती घोष र अनुप बसुले आज टिकियापाड़ास्थित एउटा अनाथ आश्रमका 12 जना नानीलाई नयाँ लुगाफाटा वितरण गरेको बताइएको छ। दिपावली अर्थात् तिहारको अवसरमा ती आवश्यकमन्द नानीहरूको अनुहारमा खुशी ल्याउने उद्देश्यले नयाँ लुगाफाटा वितरण गरेको द्वयले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *