टिकटक भीडियो बनाउन किशोरी भागेर सिलगढी आइपुगिन्

सिलगढी : टिकटकको माध्यमद्वारा दुईजना किशोरीमाझ मित्रता भएपछि ती दुवैले सँगै भीडियो बनाउने उद्देश्य लिएर असमबाट भागेर एउटी किशोरी सिलगढी आइपुगेकी छन्। प्राप्त जानकारीअनुसार टिकटकको माध्यमद्वारा असमको लङ्का थाना इलाका निवासी एउटी किशोरीको सिलगढीको न्यु जलपाईगढी थाना इलाका निवासी एउटी किशोरीसँग मित्रता भयो। यसपछि असम निवासी एउटी किशोरी सिलगढीकी किशोरीसँग मिलेर टिकटकमा एउटा भीडियो बनाउने उद्देश्य लिएर घरबाट भागेर सिलगढीको जलपाईगढीस्थित साथीको घरमा आइपुगिन्। परिवारको सदस्यलाई सन्देह लागेर एनजेपी थानामा यसबारे खबर गरेपछि पुलिसले असम पुलिससँग सम्पर्क गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *