तीनबत्तीमा सडक दुर्घटनामा एकजना घाइते

सिलगढी : एनजेपी थाना अन्तर्गत इलाकामा सडक दुर्घटनामा एकजना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा सानो वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय तीनबत्ती ग्यास गोदाम इलाकामा एउटा लरी अचानक अघि आउँदा उक्त वाहन अनियन्त्रित भएर सडकको माझमा रहेको डिभाइडरसित ठोक्किँदा वाहन चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र जलपाईमोड ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त वाहनलाई उद्धार गर्नको साथै घाटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *