तीनबत्ती मोड संलग्न इलाकामा पुलिसको वाहन दुर्घटना

सिलगढी : तीनबत्ती मोड संलग्न इलाकाको एसियन हाईवे 2-मा पुलिसको वाहन दुर्घटनाग्रस्त भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार सिलगढीबाट एउटा पुलिसको वाहन फुलबारीतर्फ गइरहेको समय पछिल्तिरबाट द्रुत गतिमा आइरहेको बाइकलाई बचाउने प्रयास गर्दा वाहन अनियन्त्रित भएर पल्टिएको बताइएको छ। उक्त वाहनमा चालक सहित 3 जना पुलिस कर्मीहरू सवार थिए। घटनामा पुलिस कर्मीहरू सामान्य घाइते भएका छन्। घटनाको खबर पाएर जलपाईमोड ट्राफिक गार्डको पुलिस र न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर वाहन उद्धार गरेर लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *