तीनधारे-महानदी समष्टि स्तरीय गायन प्रतियोगिताको दोस्रो दिनको अडिसनमा 5 जना छनौट

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसनको दोस्रो दिन महानदीमा सम्पन्न भयो। महानदीको सार्वजनिक भवनमा सम्पन्न अडिसनमा मोठ 7 जनाले अंश ग्रहण गरेका थिए भने 5 जनाले दोस्रो राउण्डमा प्रवेश गरेको छ। उक्त अडिशन कार्यक्रमलाई गायक सन्तोष लामाले सञ्चालन गरेका थिए। अडिशनको निर्णायकको रूपमा वरिष्ठ सङ्गीतकारद्वय राजु सुन्दास र महेश्वर लामा उपस्थित थिए। गत शुक्रबारदेखि सिमरिङबाट शुरू भएको तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसनमा मोठ 10 जना चयन भइसकेका छन्। अब तेस्रो दिनको अडिशन आगामी 22 फरवरीको दिन तीनधारेमा हुने भएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको सभापति सुकुमार बराईलीले पत्रकारहरूसित कुराकानी गर्दै पहिलो सिजनको अपार सफलतापछि स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसन गत शुक्रबारदेखि सिमरिङबाट शुरू भएको थियो भने अडिशनको दोस्रो दिन महानदीमा सम्पन्न भयो। आगामी 22 फरवरीको दिन अन्तिम दिनको अडिशन तीनधारेमा हुने भएकोले सबै गायन क्षेत्रका युवाहरूलाई अंश ग्रहण गरिदिने तिनले आह्वान् गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *