तीनधारे-महानदी समष्टिको जोगमाया चियाबारीमा सेनिटाइज

खरसाङ : तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने जोगमाया चियाबारीमा विनयपन्थी गोजमुमोद्वारा सेनिटाइज गरियो। गोजमुमो जोगमाया बुथको सभापति जीवन थापाको अगुवाईमा जोगमाया चियाबारीको गाउँहरूमा कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर सेनिटाइज गरिएको बताइएको छ। यसको साथै गाउँ-घरका मानिसहरूलाई कोरोनाबारे जागरूक गरियो। बुथ सभाति जीवन थापाले जोगमाया चियाबारीका मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबाट बाँच्नलाई सचेत र सुरक्षित रहने आह्वान गर्दै अनिवार्य रूपमा मास्क लगाउने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, सेनिटाइजरको प्रयोग गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *