तीनधारे 17 माइलमा पैह्रोले घर क्षतिग्रस्त, गोजमुमो टोलीको निरीक्षण

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेको 17 माइल क्षेत्रमा लगातार पानी परिरहेकोले गर्दा आज एउटा घर पैह्रोले क्षतिग्रस्त बनाएको छ। 17 माइलको भञ्ज्याङ क्षेत्रमा स्थानीय मदन गहतराजको घर पैह्रोले क्षतिग्रस्त बनाएको छ। तीनधारेको ओल्ड मिलिटेरी रोड अन्तर्गत मिठाई डाँड़ा नजिक पैह्रो गएपछि मदन गहतराजको घरलाई क्षतिग्रस्त पारेको छ भने तिनको दोकान पनि पैह्रोमा झुण्डिएको अवस्थामा रहेको स्थानीयहरूले बताएका छन्। ओल्ड मिलिटेरी रोडमा पैह्रो गएपछि सड़कमुनिपट्टि रहेको मदन गहतराजको घरको कुसेलोमा पैह्रो पसेको साथै घरको भित्ता माथिबाट झरेको ढुङ्गाहरूले क्षतिग्रस्त बनाएको पनि स्थानीय शुभङ्कर प्रसादले जनाएका छन्। तीनधारेको 17 माइलको पैह्रो निरीक्षण गर्न गोजमुमो तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, बुथ कमिटीका सभापति यादव गजमेर लगायत घैयाबारी ग्राम पञ्चायत 2 का पञ्चायतकर्मीहरू आएर तारपोलिन प्रदान गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *