तीनधारे 17 माइलमा पैह्रो मरमति कार्यको शिलान्यास

खरसाङ (निसं) : गत वर्ष तीनधारेको 17 माइलमा जयराज माझीको घरमुनि पैह्रो गएको पैह्रोको मरमति कार्य शुरू गरिने भएको छ। खरसाङ इञ्जिनियरिङ विभागबाट लगभग 27 लाख रूपियाँको लागतमा उक्त पैह्रोको मरमत्ति कार्य गरिने भएको छ। यस मरमति कार्यको लागि आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र खरसाङ इञ्जिनियरिङ विभागका सहायक अभियन्ता दिपेन प्रधानको उपस्थितिमा पूजा अर्चना गरेर शिलान्यास गरियो।


उक्त शिलान्यास कार्यपछि 17 माइलमा जयराज माझीको घरमुनि गएको पैह्रोको मरमति आरम्भ गरिने भएको छ। यस पूजा अर्चना कार्यमा भागोप्रमो तीनधारे महानदी समष्टिको सह सचिव रबि सुब्बा, रञ्जित थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, संयोजक साजन दर्जी लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *