तीनधारे बाघमारा बस्तीस्थित सूर्य फाउण्डेशनको बाल संस्कार केन्द्रमा विश्व योगा दिवस पालन

खरसाङ : विश्व योगा दिवसको दिन खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टीको बाघमारा बस्तीमा योग शिविरको आयोजना गरिएको छ। बाघमारा बस्तीस्थित सूर्य फाउण्डेशनको बाल संस्कार केन्द्रमा विश्व योगा दिवस पालन गरिएको छ। यस अवसरमा बाल संस्कार केन्द्रको नानीहरूलाई लिएर योग शिविर सम्पन्न भएको छ। बाल संस्कार केन्द्र बाघमारा बस्तीको प्रशिक्षक योगेन्द्र छेत्रीद्वारा नानीहरूलाई योगाभ्यास गराइएको छ । यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै प्रशिक्षक योगेन्द्र छेत्रीले विश्व योगा दिवसको दिन सूर्य फाउण्डेशनको आयोजनामा भारतको 18 वटा राज्यहरूमा र 600 वटा गाउँहरूमा रहेको सूर्य फाउण्डेशनको बाल संस्कारहरूमा विश्व योग दिवस पालन गरिएको बताउँदै यो कोरोनाकालमा योगाभ्यासले हुने फाइदाहरू विषयमा अवगत गराउँदै घर-घर गएर रेजिस्टेशन गराएर 15 देखि 21 जूनसम्म योगा गराएको बताए। तिनले वर्तमान कोरोनाको महामारीलाई ध्यानमा राखेर सरकारी नियमानुसार योगाभ्यास गराइएको बताउँदै सूर्य फाउण्डेशनको बाल संस्कार केन्द्रहरू खरसाङ क्षेत्रमा जम्मा 13 वटा रहेको बताए । तिनले बाघमारा बस्तीमा विगत दुई वर्षदेखि बाल संस्कार केन्द्र सञ्चालन भइरहेको पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *