तीनधारेबाट 30 परिवार भारतीय जनता पार्टीमा सामेल

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको दुई नम्बर बस्तीका 30 परिवार भारतीय जनता पार्टीमा सामेल भएका छन्। दुई नम्बर बस्तीको कुन्दन सार्कीसहित तिनकै अगुवाईमा मोठ 30 परिवार भारतीय जनता पार्टीमा सामेल भएपछि तिनीहरूलाई पार्टीको जिल्ला सचिव सोनाम लामा लगायत अन्य पदाधिकारीहरूका बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइयो। यसको साथै उक्त दुई नम्बर बस्तीमा भारतीय जनता पार्टीको बुथ कमिटी पनि गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटीमा सभापति कुन्दन सार्कीलाई चयन गरिएको छ।


उक्त कार्यक्रममा भारतीय जनता पार्टीको जिल्ला सचिव सोनाम लामा, जिल्ला ओबीसी मोर्चाको सभापति मदन जोगी, जिल्ला प्रचार-प्रसार सचिव चन्दन प्रसाद, जिल्ला युवा सभापति राकेश सिंह, खरसाङ युवा सभापति निरपराज रणपहेंली, तीनधारे महानदी समष्टिको सभापति उमेश प्रधान लगायत अन्य उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *