तीनधारेबाट टिस्टामा बाढ पीडितहरूलाई राहत सामग्री वितरण

तीनधारे (निसं): घैयाबारी दुई ग्राम पञ्चायत संसद चारका पञ्चायत सदस्य योगराज प्रधानको पहलमा क्रिकेट बजार तीनधारेका सचेत युवाहरू अङ्कित राई, सोनाम लामा, रोहित गुरुङ, पप्पी प्रधान, रूपेन परियारको टोलीले तीनधारे क्रिकेट बजारका सम्पूर्ण ग्रामवासीबाट संग्रह गरेको राहत सामग्रीहरू टिस्टा क्षेत्रका प्राकृतिक प्रकोपमा परेका पिडित मानिसहरूलाई प्रदान गरेका छन्।


हाल बाटोको असुविधालाई मध्यनजर गरेर तकदाह भएर गएपछि टिस्टाका स्थानीय रोनित गुरुङ, राजेश दर्नाल, दिलीप सुब्बा अनि पूर्ण सुब्बाका सहयोगमा वहाँहरूकै वाहनमा टिस्टा र गेल खोलासम्म पुगेर पिडितहरूलाई भेट गरेर राहत वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *