तीनधारे क्षेत्रका 6 जनाको कोरोना रिपोर्ट पोजिटिभ

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा आज भएको रेपिड एन्टीजेन टेस्टमा 6 जनाको रिपोर्ट पोजिटिभ आएको छ। जीटीए सर्भिलेन्स टीम घैयाबारी ग्राम पञ्चायत 2 को तत्त्वावधानमा सुकना खण्ड स्वास्थ्य केन्द्रको स्वास्थ्य कर्मीहरू र तीनधारे राजबारी सव सेन्टरको आयोजनामा आज तीनधारे क्षेत्रका जम्मा 73 जनाको रेपिड एन्टीजेन टेस्ट गरिएको र तीमध्ये 6 जनाको रिपोर्ट पोजिटिभ आएको राजबारी सव सेन्टरका एएनएम सब्बु प्रधानले जनाएकी छन्। तिनले आज पोजिटिभ आएका 6 जनालाई नै दबाई दिएर अनुशासित रुपमा  होम आइसोलेशनमा राखिएको बताएका छन्। आज तीनधारे र यसको वरिपरिको क्षेत्रहरूका लागि रेपिड एन्टीजेन टेस्ट तीनधारेको होटल गैरीमा गरिएको थियो । यस कार्यमा सर्भिलेन्स कमिटी घैयाबारी ग्राम पञ्चायत 2 तीनधारेमा को-अर्डिनेटर कर्म मोक्तान, सदस्यहरू सन्तोष लामा, सचिन प्रधान र नरसाङ वाइबा एवं घैयाबारी ग्राम पञ्चायत 2 का मनिटेरिङ कमिटीको को-अर्डिनेटर नवराज छेत्री लगायत सुकना खण्ड स्वास्थ्य केन्द्र र राजबारी सव सेन्टरका स्वास्थ्यकर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *