तीनधारे चियाबारीबाट 15 जना युवा हिल तृणमूल कङ्ग्रेसमा सामेल

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीबाट 15 जना युवाहरू हिल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। हिल तृणमूल कङ्ग्रेसको तीनधारे चियाबारीमा जेबी राईको अध्यक्षतामा र सीबी भुजेलको सञ्चालनमा एउटा सभा सम्पन्न भयो। सभामा विशेष रूपमा हिल तृणमूल कङ्ग्रेस खरसाङ खण्डको सभापति समृत छेत्री, कार्यकारी सभापति सीबी भुजेल, सदस्य सुनिल लामा लगायत सागर प्रधान, अमित कवर आदि उपस्थित थिए। यसै सभामा तीनधारे चियाबारीका 15 जना युवाहरूले हिल तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउँदै पार्टीमा सामेल भएका छन्। पार्टीमा सामेल हुने युवाहरूलाई हिल तृणमूल कङ्ग्रेसको खरसाङ खण्ड सभापति समृत छेत्रीको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *