तीनधारे चियाबारीबाट 48 परिवार भागोप्रमो-मा सामेल

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीका मानिसहरू एउटा कार्यक्रमबीच विभिन्न दलहरू त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तीनधारे चियाबारीको विभिन्न गाउँहरूका गोरामुमो, गोजमुमो, हाम्रो पार्टीबाट मोठ 48 परिवार तीनधारे चियाबारीको सोनाम लामाको नेतृत्वमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, सदस्य साजन दर्जी र नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती प्रधानको बाहुलीबाट तिनीहरूलाई पार्टीका झण्डाहरू प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *