तीनधारे चियाबारी कोरोना संक्रमण विहिन, सातजनाको रिपोर्ट नेगेटिभ

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीमा सातजना व्यक्तिले कोरोनालाई परास्त गरेर निको भएका छन्। तीनधारे चियाबारीको रमिते डाँड़ामा किड्नी रोगी एकजना महिला कोरोना पोजिटिभ भएर निधन भएपछि तिनको परिवारका सदस्यहरूको पनि कोरोना टेस्ट गरिएको थियो। उक्त परिवारको मोठ 16 जनालाई दुई दिन गरेर टेस्ट गर्दा सातजनाको रिपोर्ट पोजेटिभ पाइएपछि तीनधारे चियाबारीको प्राथमिक पाठशालास्थित आइसोलेशनमा राखिएको अनि 18 दिनपछि टेस्ट गर्दा सातजनाको रिपोर्ट नेगेटिभ आएको तीनधारे चियाबारीको जागृति संघका सचिव सोनाम लामाले जानकारी दिएका छन्। तिनले बताए अनुसार गत 21 र 22 मईको दिन सातजनाको पोजेटिभ रिपोर्ट आएपछि 18 दिनसम्म आइसोलेशनमा राखेपछि गत 7 जुनको दिन आईटीपीसीआर टेस्ट गरेर दुई दिनपछि 9 जुनको दिन रिपोर्ट नेगेटिभ आएपछि आइसोलेशनबाट मुक्त गरिएको छ। संघका सचिव सोनाम लामाले यी सातजनाको रिपोर्ट नेगेटिभ आएपछि अब तीनधारे चियाबारीमा कोरोना पोजिटिभहरूको संख्या शुन्य रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *