तीनधारे चियाबारीका पूर्व प्रबन्धक पीबी लामाको निधन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको पूर्व प्रबन्धक एवम् बिनयपन्थी गोजमुमो तीनधारे-महानदी समष्टीको उपसभापति राजु लामाको पिता पीबी लामाको निधन भएको छ। उनको निधन हिज राती तीनधारे महानदी समष्टी अन्तर्गत शिवखोला ग्राम पञ्चायतको पाँच नम्बरस्थित निजी वासस्थानमा 93 वर्षको उमेरमा निधन भएको छ। तिनी सन् 1978 देखि 12 वर्षसम्म तीनधारे चियाबारीमा प्रबन्धकको रुपमा कार्यरत् थिए। तिनी तीनधारे चियाबारीवाहेक पानीघट्टा, सिमरिङ, पुबुङ र टिस्टा भेल्ली चियाबारीमा पनि प्रबन्धकको रुपमा कार्यरत् थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *