तीनधारे चियाबारीमा 45 वर्ष पुगेका मानिसहरूलाई लगाइयो कोरोनाको पहिलो खोप

खरसाङ : खरसाङ महकुमाको तीनधारे चियाबारीमा आज 45 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूलाई आज कोरोनाको पहिलो भ्याक्सिन लगाइयो। सुकना खण्ड स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको उपस्थितिमा र तीनधारे चियाबारीको प्रबन्धन पक्षको पहलमा सम्पन्न भ्याक्सिनेशनको कार्य तीनधारे चियाबारी प्राथमिक पाठशाला भवनमा सम्पन्न गरियो। यस अवसरमा तीनधारे चियाबारीका श्रमिकहरु लगायत अन्यहरूलाई कोरोना भ्याक्सिनको पहिलो डोज लगाइयो। यस कार्यमा 141 जनाले भ्याक्सिनको पहिलो डोज लगाएको जानकारी प्राप्त भएको छ। भ्याक्सिन शिविर अवधि तीनधारे चियाबारीको प्रबन्धक नितिस विस्वास, सह प्रबन्धक सुकुमार बराईली पनि उपस्थित थिए। यस टीकाकरण कार्यको लागि तीनधारे चियाबारी प्रबन्धन पक्ष एवम् स्वास्थ्य कर्मीहरूलाई चियाबारीका स्टाफ सनबहादुर तामाङले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *