तीनधारे चियाबारीमा फुटबल फाइनल खेल सम्पन्न

खरसाङ : तीनधारे चियाबारीको कदम गैरी खेल मैदानमा फुटबल फाइनल खेल सम्पन्न भयो। सरिता स्पोर्टिङ क्लब तीनधारे चियाबारीको आयोजनामा सम्पन्न उक्त फुटबल फाइनल खेल दोकान पाखाको एक्का ट्रायल बनाम सिपाहीधुरामाझ सम्पन्न भयो। दोकानपाखाले 4-0 को अन्तरले खेल जितेर उपाधि हात पारेको छ। यस फाइनल खेलमा सभाध्यक्षको रूपमा पूर्व फुटबल खेलाड़ी एवम् भेटरेन फुटबल क्लब तीनधारेका सभापति धर्मराज राणा, प्रमुख अतिथिका रूपमा पूर्व खेलाड़ी तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारेका कन्भेनर नवराज छेत्री उपस्थित थिए। यसैगरी अतिथिहरूमा भेटरेन क्लबका सदस्यहरू दिवाकर राई, कुमार छेत्री, तीनधारे चियाबारीबाट सुकवीर राई, प्रदीप लामा, बिनोद तामाङ लगायत एमके प्रधान, ज्ञानबहादुर राई, पदम सापकोटा र पूर्व खेलाड़ी कालुमान राई उपस्थित थिए। यस फाइनल खेलमा विजय ट्रफी सुदन प्रधान र परिवारको तर्फबाट पुनम प्रधानको स्मृतिमा प्रदान गरिएको थियो भने टप गोलदाताको ट्रफी दिवंगसी विश्वकर्मद्वारा आफ्ना बाजे कालु रसाईलीको नाममा प्रायोजित गरेको थियो। यसैगरी, बेस्ट गोलदाताको ट्रफी धिराज छेत्रीद्वारा प्रायोजित गरिएको थियो। यस फाइनल खेलमा मुख्य सञ्चालन सुकुमार बराईलीले गरेका थिए भने सहयोगीमा ईसान्त विश्वकर्मा थिए। यसको अतिरिक्त प्रदर्शनी खेलको रूपमा महिला फुटबल खेल सिविटार बनाम तीनधारे स्पोर्टिङ क्लबमाझ सम्पन्न भयो। यसमा सिविटारले 5-0 को अन्तरले खेल जितेका थिए भने बेस्ट प्लेयर शबनम राई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *