तीनधारे चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा आज रोटरी क्लब सिलगढीको आयोजना र भिजन आरएक्स ल्याप कोलकोताको तत्वावधानमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरियो। तीनधारे चियाबारीको प्राथमिक पाठशालामा सम्पन्न उक्त नि:शुल्क आँखा जाँच शिविरमा कोलकोताबाट चारजना आँखा रोग विशेषज्ञ डाक्टरहरू आएका थिए। यस शिविरमा आएका मानिसहरूलाई आवश्यकता अनुसार नि:शुल्क रुपमा चश्मा पनि प्रदान गरिने बताइएको छ। यस शिविरमा लोटरी क्लब सिलगढीको सभापति अंकित अग्रवालसहित अन्य पदाधिकारीहरू उपस्थित थिए। यस शिविरमा साँझ 6 बजेसम्म गरेर लगभग 200 जनालाई आँखा जाँच गराए भने तिनीहरूलाई चश्मा पनि प्रदान गरिने भएको छ। यस नि:शुल्क आँखा जाँच शिविर विषयमा तीनधारे चियाबारीको पूर्व प्रबन्धक एवम् रोटरी क्लबको एके ठाकुर र तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईलीले पत्रकारहरूलाई जानकारी दिएका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *