तीनधारे क्रिकेट टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश 17 माइल टोली

खरसाङ (निसं): तीनधारेको 17 माइल क्षेत्रका युवाहरूको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको क्रिकेट टुर्नामेन्टको चौथो क्वार्टर फाइनल खेल 17 माइल स्टार बनाम नयाँ कमानमाझ भिडन्त भयो। 17 माइलले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित 15 ओभरमा 152 रन बनाएको थियो। 17 माइल स्टारको पक्षमा विशाल गजमेरले 60 रन अनि दिपेन गजमेरले 20 रन बनाएका थिए। 153 रनको लक्ष्यलाई खेदो गर्दै नयाँ कमानले निर्धारित 15 ओभरमा 7 विकेट गुमाएर 107 रन मात्र बनाएपछि पराजित बन्यो। पराजित टोली नयाँ कमानको पक्षमा पुरस्कारले 40 रन बनाए। यसैगरी, 17 माइलको पक्षबाट सञ्जु भुजेलले 3 विकेट लिएका थिए भनी आयोजक समितिको पक्षमा महेश सुनवारले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *