तीनधारेमा क्रिश्चियन अल्फा ट्रफी क्रिकेट म्याच सम्पन्न

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा एक दिवसीय क्रिश्चियन अल्फा ट्रफी क्रिकेट म्याच सम्पन्न भयो। महानदी लाइन्स र तीनधारे टाइगर्समाझ सम्पन्न क्रिकेट टुर्नामेन्टमा बेस्ट अफ् थ्री म्याच खेलिने भनिए तापनि तीनधारे टाइगर्सले लगातार दुईवटा म्याच जितेर क्रिश्चियन अल्फा ट्रफी हात पारेको छ। पहिलो खेलमा महानदीको 16 ओभरमा दिएको लक्ष्यलाई तीनधारेले 5 विकेट बाँकी रहँदा नै जित्न सफल भएको छ। उक्त पहिलो खेलमा तीनधारेको तर्फबाट सञ्जय पोर्तेलले सर्वाधिक रन बनाएका थिए जसको कारणले तीनधारे विजय बनेको छ। त्यसरी नै दोस्रो म्याचमा महानदीले 10 ओभरमा तीनधारलाई 48 रनमा नै अलआउट गरेको थियो तर महानदीको कप्तान विश्व राईले पारी सम्हालेर खेले पनि कप्तानको आउटसितै सबै खोलाड़ीहरू अल आउट भए अनि महानदीले तीनधारेले दिएको 48 रनको लक्ष्यलाई पनि हासिल गर्न सकेन अनि तीनधारे सजिलै विजय भए। तीनधारेको लागि सामूएल पोर्तेल र कप्तान प्रभाकर राईले असल प्रकारले बल गरेका थिए। यसरी दुईवटा म्याचहरू नै तीनधारेले जितेर एक दिवसीय क्रिश्चियन अल्फा ट्रफी जित्न सफल भएको छ। विजय हुने टोलीलाई विजयी ट्रफी प्रदान गरियो भने दुईवटा खेलमा सर्वाधिक 8 विकेट लिएर हनोक थापाले सर्वाधिक विकेट लिने ट्रफी प्राप्त गरे भने दुईवटा खेलमा सर्वाधिक 59 रन बनाउने तीनधारेको सञ्जय पोर्तेललाई पनि ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *