तीनधारेका दुईजना धावकको मुम्बई हाफ म्याराथनमा सहभागिता

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको धावक दाजु- भाइले मुम्बई म्याराथन दौडमा सहभागिता जनाएका छन्। तीनधारे 17 माइल निवासी मनिष माझी र अनिस माझीले मुम्बईमा एनईबी स्पोर्ट्स एथलेटिक फेडेरेसन अफ् ईण्डियाको आयोजनमा सम्पन्न मुम्बई हाफ् म्याराथनमा भाग लिएका थिए। उक्त म्याराथनमा विभिन्न स्थानहरूबाट आएका मोठ 13,428 जना धावकहरूले भाग लिएका थिए भने दुवै दाजु भाइले केही अघाड़ीको स्थान लिन सफल भएका छन्। दुई दाजु भाइमा मनिष माझीले 14 औं स्थान ओगट्न सफल भएका छन् भने अनिस माझीले 13 औं स्थान प्राप्त गरेका छन्। 13,428 जनाले सहभागिता जनाएको मुम्बई म्याराथनमा मनिष र अनिस माझीले 13 औं र 14 औं स्थान प्राप्त गरेर तीनधारे क्षेत्रको नाम उच्च राखेका छन्। दुवैले योभन्दा पहिला पनि थुप्रै स्थानहरूमा पुगेर म्याराथनमा भाग लिइसकेका छन्। यसपाली मुम्बईमा सम्पन्न मुम्बई हाफ म्याराथनमा मिरिकको प्रशान्त रहपालले चौथो स्थान ओगट्न सफल भएको पनि जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *