तीनधारेकी छोरी प्रतिभा कानु दसी मिस ईण्डिया 2022-को उडिस्सा संस्करणको उपाधि जित्न सफल

खरसाङ : तीनधारेकी छोरी प्रतिभा कानु दसी मिस ईण्डिया-2022 को उडिस्सा संस्करणको उपाधि जित्न सफल भएकी छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखा निवासी मदनलाल कानुकी छोरी प्रतिभा कानुले केही दिन अघि दसी सांस्कृतिक सेन्टरको आयोजनामा भारतको उडिस्सा राज्यको भुवनेश्वरस्थित गुरु केलुचरण महापात्रा उडिस्सी रिसर्च सेन्टरमा सम्पन्न दसी मिस ईण्डिया 2022 उडिस्सा संस्करणको टाईटल जित्न सफल भएकी छन्। प्रतिभा कानुले जम्मा 16 जना प्रतिभागीहरुलाई जितेर टाईटल जित्न सफल भएकी छन्। अब तिनले आगामी चरणमा मुम्बईमा हुने राष्ट्रीय स्तरको प्रतियोगितामा सहभागिता जनाउने भएको छ। प्रतिभा कानुले यो उपाधि विभिन्न राउण्डहरू र विभिन्न भेष-भूषाहरूको राउण्डमा जित्दै अघि बढ़ेर उपाधि पनि जित्न सफल भएकी छन्। प्रतियोगिता जितेर तिनले क्राउन, प्रमाण पत्र र नगदराशि प्राप्त गरेकी छन् । तीनधारेकी छोरी प्रतिभा कानु वर्तमानमा भुवनेश्वरमा नै भारतीय रेलवे विभागमा कार्यरत छन् । तिनी नाटक र अभिनय क्षेत्रमा ट्रेनिङप्राप्त कलाकार हुन् अनि तिनी थुप्रै नाटक र अभिनय कलासित सम्बन्धित छन्। तिनको यो सफलताले तीनधारेवासी लगायत दार्जिलिङ पहाड़लाई नै गौरान्वित बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *