तीनधारेको गैरी गाउँमा नौ दिवसीय महापुराण सुरू

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको गैरी गाउँमा नौ दिवसीय महापुराण सुरु भएको छ। तीनधारे, गैरी गाउँको गोदावारी संघको आयोजनामा सम्पन्न महापुराणको पहिलो दिन प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीद्वारा द्वीप प्रज्वलन गरी महापुराणको शुरु गरिएको छ। पहिलो दिन आज कलश यात्रा निकालिइयो। उक्त कलश यात्रा गैरी गाउँस्थित मन्दिरबाट शुरु गरेर एनएच 55 भएर 17 माइलस्थित फाटकसम्म पुगेर तीनधारेको गैरी गाउँस्थित हनुमान मन्दिर परिसरमा पुगेर फर्कि आएर पुन: महापुराण परिसरमा आएर कलश यात्रा समापन गरियो। उक्त महापुराण आगामी 27 दिसम्बरसम्म नौ दिवसीय रूपमा सम्पन्न हुने भएको छ। यस महापुराण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको सचिव रवि सुब्बाले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *