तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट शुरू

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट शुरू भएको छ। नव ज्योति संघ चुनभट्टीको आयोजनामा संघको पूर्व क्रिकेट खेलाड़ी बाबु प्रसादको मेमोरियलमा सम्पन्न क्रिकेट टुर्नामेन्टको उदघाटन खेलमा पहिलो म्याच हिरो क्रिकेट बजार तीनधारे र रङगटङ्ग क्रिकेट क्लबमाझ सम्पन्न भयो। उक्त खेलमा हिरो तीनधारेले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा 141 रन बनाएको थियो। 142 रनको लक्ष्यलाई खेदो गर्दै रङगटङ्गले केवल 100 रन मात्र बनाउन सकेको थियो। दोस्रो खेल लिंकन क्लब सिपाहीधुरा र युनाईटेड घैयाबारीमाझ सम्पन्न भयो। यस खेलमा युनाईडेट घैयाबारीले पहिला व्याटिङ गर्दै 11.3 ओभरमा केवल 51 रन मात्र बनाउन सफल बनेको थियो। उक्त लक्ष्यलाई लिंकन क्लब सिपाहीधुराले केवल 9 ओभरमा 5 विकेट गुमाएर हाँसिल गरेको छ। आजको उदघाटन खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा भागोप्रमो चुनभट्टी रङगटङ्ग बुथ कमिटीका सचिव प्रकाश सार्की र स्व. बाबु प्रसादको दाजु कृष्ण प्रसाद उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *