तीनधारेको पैह्रोको निर्माण कार्य अन्तिम चरणमा

खरसाङ : एनएच 55 अन्तर्गत तीनधारेको पैह्रोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विगत 18 सेप्टेबर 2011 को दिन गएको पैह्रोले एनएच 55 बाधित बनेपछि तीनधारे क्षेत्रका जनसाधारणलाई धेरै असुविधा भएको थियो भने 2016 देखि तीनधारेको पैह्रोको निर्माण कार्य अनि 20 दिसम्बर 2018 देखि पैह्रोको फाउण्डेशन चट्टान निर्माण कार्य थालिएको थियो। अब यो पैह्रो आगामी दिसम्बर महिनासम्म निर्माण कार्य समाप्त हुनसक्ने बताइको छ। महाराष्ट्रको कम्पनी एसएसपीएल पायोनियर जेभी फाउण्डेशन इञ्जिनियरिङ प्राइभेट लिमिटेडले हाल यसको काम गरिरहेको छ। यस कम्पनीको लगभग 15 जना इञ्जिनियर, स्थानीय 80 जना श्रमिकसहित मोठ 300 जना श्रमिकले तीनवटा सिफ्टमा 24 घण्टा नै कार्य गरिरहेको एनएच 55 अन्तर्गत तीनधारेको पैह्रोमा कार्यरत् साइड इञ्जिनियर इन्चार्ज पुष्कर झाले बताएका छन्। लगभग 110 करोड़ रुपियाँको लागतमा निर्माण भइरहेको पैह्रोको कार्य लगभग 90 प्रतिशत समाप्त भएको र केवल 10 प्रतिशत मात्रै अब बाँकी रहेको अनि आगामी दिसम्बरमा रहल कार्य समाप्त गरेर जनवरीमा पीडब्ल्युडीलाई हस्तान्तरण गरिने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *