तीनधारेको शंकर निवासमा दुर्गा पुजाको आयोजना

खरसाङ (निसं): तीनधारेको शंकर निवासस्थित दुर्गा मन्दिरमा दिव्य ज्योति संघले दुर्गा पुजाको आयोजना गर्यो। यस वर्ष उक्त मन्दिरमा 103औं दुर्गा पुजाको आायोजना भइरहेको छ। यो  मन्दिरमा सन् 1920 देखि नै दुर्गा पुजा गर्न शुरू भएको हो भने उक्त मन्दिरको दुर्गा पुजा दार्जिलिङ जिल्लाकै पहिलो पुजा मानिएको छ। उक्त समय यहाँ रहेका बंगाली परिवारले दुर्गा पुजा शुरु गरेको बताइएको छ। त्यस समय पुजारी गणेश बाजेले पुजा गर्दै आइरहेका थिए भने हाल मुख्य पुजारीको रूपमा पण्डित बालकृष्ण शर्माले पुजा अर्चना गर्ने गरेका छन्। उक्त मन्दिरमा हिजो दुर्गा माताको मूर्ति स्थापना गरिएको छ भने आज फुलपातीको दिन सप्तमीमा पुजा अर्चना शुरु हुने भएको छ। यस विषयमा तीनधारेका सन्तोष लामाले बताएअनुसार सप्तमीको दिनदेखि पुजा शुरु गरेर अष्टमी र नवमीको दिन पुजा अर्चना गरेपछि नवमीकै दिन हवन पनि गरिनेछ। आज यस मन्दिरबाट निकालिएको डोली पुजा अर्चना गरेर चढाउने भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *