तीनधारेमा 13 सेप्टेम्बरमा कोरोना टीकाकरण शिविरको आयोजना गरिने

खरसाङ: कोभिड महामारीको समय तीनधारे क्षेत्रमा गठन भएको कोभिड को-अर्डिनेशन कमिटी तीनधारेद्वारा विभिन्न सामाजिक कार्यहरू लगायत कोभिड महामारीको समय समस्यामा परेका विपन्न परिवारहरूलाई सहयोग गर्दै आइरहेको छ। उक्त कमिटीले तीनधारे क्षेत्रमा दुईवटा कोरोना भ्याक्सिन शिविरको पनि आयोजना गरिसकेको छ भने आगामी 13 सेप्टेम्बरको दिन तीनधारेमा 18 वर्ष माथिकाहरूलाई भ्याक्सिन लगाउने शिविर हुने भएको छ। तर उक्त शिविरमा कोभिड को-अर्डिनेशन कमिटी तीनधारेद्वारा सहभागिता नजनाउने भएको छ। आगामी 13 सेप्टेम्बरको दिन हुने कोभिड भ्याक्सिनेशनको शिविर सरकारी रूपमा हुने र यसमा कोभिड को-अर्डिनेशन कमिटी तीनधारेको कुनै योगदान र सहभागिता नरहने कमिटीको तीनधारेका चिफ् को-अर्डिनेटर उत्तम शर्माले भीडियो जारी गरेर जानकारी दिएका छन्। उक्त भ्याक्सिनेसन शिविर तीनधारेको महात्मा गाँधी हलमा नगरेर तीनधारे उच्चत्तर माध्यमिक विद्यालय भवन र रेणुका कन्या उच्च माध्यमिक विद्यालय परिसरमा हुने तिनले बताए। तीनधारे र वरिपरिका मानिसहरूले उक्त शिविरमा गएर कोरोनाको खोप लगाउने तिनले सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *