तीनधारेमा 93औँ अगमसिंह गिरी जयन्ती पालन

खरसाङ : साहित्य कला संस्थान तीनधारेको आयोजनामा जातीय कवि अगमसिंह गिरीको 93औँ जन्म जयन्ती पालन गरियो। मदनकुमार प्रधानको अध्यक्षता र सुकुमार बराईलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण संस्थानको मूल सचिव सन्तोष लामाले राखेका थिए। संस्थानको सभापति अनि कार्यक्रमको सभाध्यक्षको बाहुलीबाट कवि गिरीको तस्वीरमा धुप दीप प्रज्ज्वलन साथै खदार्पण गरी थालिएको कार्यक्रममा चन्दु भुसाल, अनिल ब्राह्मणले कविता, दिपशिका लामाद्वारा लेख, गीतकार सुकुमार बराईलीद्वारा गीत पठन गरिएको थियो। यसैगरी, कार्यक्रममा कवि अगमसिंह गिरीको विषयमा उत्तम शर्माले लेख प्रस्तुत गरेका थिए भने बरुण रसाईली, रञ्जन कुमार रसाईलीले कवि गिरीको विषयमा वक्तव्य दिए। कार्यक्रमका सभाध्यक्ष मदन कुमार प्रधानले गिरीको विषय र योगदान विषयमा बताएका सचिव सन्तोष लामाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *