तीनधारेमा भाजपाद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म जयन्ती पालन

खरसाङ (निसं): खरसाङको तीनधारेमा देशको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको 73औँ जन्म जयन्ती पालन गरियो। भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल अन्तर्गत तीनधारे शाखाको आयोजनामा तीनधारेको क्रिकेट बजारस्थित दार्जिलिङ जिल्ला युवा मण्डली भवनमा प्रधानमन्त्री नरेन्द मोदीको 73औँ जन्म जयन्ती पालन गरियो।


यस अवसरमा भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डलका सभापति उमेश प्रधान, युवा मोर्चाबाट सागर दास, दिपराज माझी, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यद्वय अजय विश्वकर्म र योगराज प्रधान विशेष रूपमा उपस्थित थिए। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई 73औं जन्म दिनको मंगलमय शुभकामना, शुभेच्छा सहित बधाई,  सुस्वास्थ्य र  दीर्घायुको कामना गर्दै केक काटेर जन्म दिन मनाएको पञ्चायत सदस्य योगराज प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *