तीनधारेमा भाजपाको सभा सम्पन्न

खरसाङ (निसं): तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा भारतीय जनता पार्टीको सभा सम्पन्न भयो। उक्त सभा दावा छिरिङको सभापतित्वमा भारतीय जनता पार्टीको कमिटी गठन गर्ने उद्देश्यले सम्पन्न गरिएको छ। यस सभामा भारतीय जनता पार्टीका तीनधारे मण्डल सभापति उमेश प्रधान, पञ्चायत समिति सदस्या स्नेह बरदेवा, पञ्चायत सदस्य अजय विश्वकर्म, युवा मण्डल सागर दास लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। उक्त सभामा भारतीय जनता पार्टीको कमिटी गठन गर्न सर्वसहमतिद्वारा तीनजनालाई संयोजक चयन गरियो, जसमा मणि तामाङ, सुमिरण बरदेवा र सिद्धार्थ छेत्रीलाई चयन गरियो। यी तीनजना संयोजकलाई आगामी दिनमा कमिटी गठन गर्ने जिम्मेवारी दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *