तीनधारे महानदीको बाघमारास्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बामा 3 दिने न्युङ्ने पुजा गरिने

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अवस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको गुम्बा सञ्चालन समितिको सभा सनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा नै उक्त गुम्बामा तीन दिवसीय न्युङ्ने पुजा आगामी 14,15 र 16 नोभेम्बरको दिन आयोजना गरिने निर्णय लिइयो। उक्त तीन दिवसीय न्युङ्ने पुजाको लागि नयाँ तदर्थ कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति दुर्गाप्रसाद तामाङ, सचिव होमबहादुर खड्का, कोषाध्यक्ष वाङ्दी लामा, सह कोषाध्यक्ष जितेन्द्र तामाङलाई चयन गरियो। तीन दिवसीय न्युङ्ने पुजा गुम्बा सञ्चालन समिति, नयाँ तदर्थ कमिटी र गाउँको दुईवटा समाजहरू मिलेर आयोजना गरिने भएको छ। उक्त सभामा ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको प्रमुख लामा चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेको विशेष उपस्थिति रहेको थियो। सभामा निर्णय गरिए अनुसार तीन दिवसीय न्युङ्ने पुजामा उपस्थितिको लागि आयोजक समितिलाई आगामी 11 नोभेम्बरभित्र सम्पर्क गर्नु पर्ने तथा भाग लिनेहरू आगामी 13 नोभेम्बरभित्रमा गुम्बामा उपस्थित रहनु पर्ने जानकारी सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिको पक्षबाट सनबहादुर तामाङले बताए। तिनले तीन दिवसीय न्युङ्ने पुजाको अन्तिम दिन 16 नोभेम्बरमा साङ्गे हुने जानकारी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *