तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु : उदघाटन खेलमा नव ज्योति संघ चुनभट्टी विजयी

खरसाङ (निसं): ब्रदरवुड तीनधारेको आयोजनामा आजदेखि तीनधारे मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजको उदघाटन खेल नव ज्योति संघ चुनभट्टी र डाईन्यामिक बोइस 17 माइलमाझ सम्पन्न भएको छ। पहिलो खेलमा नव ज्योति संघले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 111 रन बनाएर जीतको लागि 112 रनको लक्ष्य दिएको थियो, जसमा नव ज्योति संघको पक्षबाट दिसाद अन्सारीले सर्वाधिक 43 र मनोहर थापाले 23 रन बनाए। 112 रनको लक्ष्यलाई खेदो गर्दै डाईन्यामिक बोइसले निर्धारित 15 ओभरमा केवल 102 रन मात्र बनाएकोले नव ज्योति संघ चुनभट्टी 9 रनले विजयी बन्यो। डाईन्यामिक बोइसको तर्फबाट विशाल शंकरले सर्वाधिक 32 रन बनाएको थियो। यस खेलमा 43 रन र 2 विकेट लिने चुनभट्टीको खेलाड़ी दिसाद अन्सारी म्यान अफ् द म्याच चयन गरियो।


उदघाटन खेलमा निर्णायकको रूपमा सितम प्रधान र राजीव प्रधान रहेका थिए। आजको उदघाटन खेलमा मुख्य अतिथिका रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, विशिष्ट अतिथि घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरू दिपेन्द्र तामाङ र दावा दोर्जे, तीनधारे पुलिस आउट पोष्टको ओसी बीरेन्द्र छेत्री आदि उपस्थित थिए। अब अघिल्लो चरणमा नव ज्योति संघको सामना सिविटारसित हुने भएको आयोजक समितिको पक्षबाट सुभम प्रधानले जानकारी दिएका छन्। उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई 25 हजार र उप विजेतालाई 15 हजार नगदराशि सहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। भोलि 29 दिसम्बरको म्याच युवराज ईलेभेन र गैरी गाउँ क्रिकेट क्लबमाझ सम्पन्न हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *