तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टमा राजबारी विजय

खरसाङ (निसं): तीनधारेको सत्र माइल बोइसको अयोजनामा मिठाईडाँडा खेल मैदानमा सम्पन्न भइरहेको तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टमा राजबारी ईलेभेन विजय बनेको छ। दुई नम्बर बोइस र राजबारी ईलेभेनमाझ सम्पन्न भएको खेलमा दुई नम्बर बोइसले टस जितेर पहिला ब्याटिङ गर्दै 13 ओभर 4 बलमा सबै विकेट गुमाएर 80 रन बनायो। दुई नम्बरको पक्षमा रोशनले सर्वाधिक 25 रन बनाएका थिए। राजबारी ईलेभेनले 10 ओभर 3 बलमा 5 विकेट गुमाएर सजिलै लक्ष्य हासिल गर्यो। राजबारीको पक्षमा सपनले सर्वाधिक 39 रन बनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *