तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट शुरू

खरसाङ (निसं): तीनधारेको मिठाई डाँडा खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट शुरू भएको छ। तीनधारेको 17 माइल युथको आयोजनामा आजदेखि शुरु भएको क्रिकेट टुर्नामेन्टको पहिलो खेल रुम्बा ईलेभेन र सिविटारमाझ सम्पन्न भयो। रूम्बा ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 111 रन बनाएको थियो। 112 रनको लक्ष्यलाई खेदो गर्दै सिविटारले 15 ओभरमा केवल 82 रन मात्र बनाएर पराजित बन्यो। यसै टुर्नामेन्टको दोस्रो खेल नवज्योति संघ चुनभट्टी र कोपरा ईलेभेनमाझ सम्पन्न भयो।


कोपरा ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 108 रन बनाएको थियो। 109 को लक्ष्यलाई खेदो गर्दै चुनभट्टीले 14 ओभर 4 बलमा 3 विकेट गुमाएर 109 रन बनाएर 7 विकेटले खेल जितेको छ। अब भोलि मंगलबार हुने पहिलो खेल युवराज ईलेभेन र गैरी गाउँ तीनधारे अनि दोस्रो खेल लिंकन क्लब सिपाहीधुरा र रंगटङ्गमाझ हुने भएको छ। यस तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो दिनको दुईवटा खेल विषयमा आयोजक समितिको पक्षमा अतिस रसाईलीले विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *