तीनधारे महानदी समष्टि स्तरीय टी-20 क्रिकेट टुर्नामेन्ट हुने

खरसाङ (निसं): तीनधारे महानदी समष्टी स्तरीय टी-20 क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ। उक्त समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी क्षेत्रका युवाहरूलाई लिएर आगामी 28 दिसम्बरदेखि आयोजना गरिने भएको छ। उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई 25 हजार तथा उप विजेतालाई 15 हजार रूपियाँ सहित आकर्षक ट्रफी प्रदान गरिने भएको आयोजक समितिको पक्षबाट शुभम प्रधानले जानकारी दिएका छन्। उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टीममा दुईजना खेलाड़ीहरू मात्र समष्टीदेखि बाहिरको खेलाउन सकिने प्रावधान राखिएको छ। 4 हजार शुल्क तिरेर आगामी 22 दिसम्बरसम्म आफ्नो टीमको नाम दर्ता गराउन सक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *