तीनधारे महानदी समष्टिका युवाहरूले भेटे अनित थापालाई

सिलगढी: खरसाङ महकुमाको तीनधारे महानदी समष्टिका युवाहरूले आगामी विधानसभा चुनाउमा नयाँ सोँच र नयाँ बिचारलाई समर्थन जनाउने भएको छ। जीटीए अध्यक्ष तथा गोजमुमो महासचिव अनित थापासित सिलगढीको पिन्टल भिलेजमा आज भेट गरेर तिनीहरूले कुराकानी गरे। यस अवसरमा अभिजित छत्रीले आफ्नो क्षेत्रका समस्याहरूबारे चेयरम्यान अनित थापालाई अवगत गराए। तिनीहरूको समस्या सुनेपछि अनित थापाले सबै माग तथा समस्याहरूलाई पूरा गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *