तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा भागोप्रमो-को धन्यवाद सभा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा धन्यवाद सभाको आयोजना गर्यो। यसपालीको पञ्चायत चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गिताङ्गे चियाबारीमा पञ्चायत सदस्य निर्विरोध निर्वाचित भएका छन्। यसरी गाउँ समाज मिलेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीलाई निर्विरोध विजय बनाएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गिताङ्गे शाखाद्वारा आज धन्यवाद सभाको आयोजना गरेको बताइएको छ।


उक्त धन्यवाद सभा बीके विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापाले सञ्चालन गरेका थिए। सभामा गिताङ्गे बुथ कमिटीका सचिव उदय छेत्री लगायत भागोप्रमोको युवा, नारी, ट्रेड र सम्पूर्ण गाउँवासीहरूलाई धन्यवाद दिइयो। यसै धन्यवाद सभामा गिताङ्गे गाउँलाई लिएर निर्माण गरिएको गीतको लागि गीतकार सुकुमार बराईली र गायक मोहित भुजेलप्रति गाउँलेहरूद्वारा आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *