तीनधारे महानदी समष्टिमा नियमित भोलेन्टियर शिक्षक संगठन गठन

खरसाङ: तीनधारे महानदी समष्टिमा रहेको स्कुलहरूमा नियमित रूपमा भोलेन्टियरको रूपमा कार्यरत् शिक्षकहरूको संगठन गठन गरियो। उक्त संगठनको नाम नियमित भोलेन्टियर शिक्षक संगठन तीनधारे महानदी समष्टि राखिएको छ। उक्त संगठन गठनको लागि तीनधारे महानदी समष्टि क्षेत्रमा कार्यरत् नियमित भोलेन्टियर शिक्षक शिक्षिकाहरूलाई लिएर एउटा सभा घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा सञ्जय प्रधानको अध्यक्षता र विपन विश्वकर्माको सञ्चालनमा सम्पन्न भयो। उक्त सभा राखिनुको उद्देश्यबारे वक्ताहरूले भोलेन्टियर शिक्षकहरूले दिएको योगदानको लागि गत वर्ष भेरिफिकेशन गरिएको थियो तर उक्त भेरिफिकेशनको कागज कता पुग्यो केही जानकारी नभएको र भोलेन्टियर शिक्षकहरूको पक्षमा कुनै राजनैतिक दलले कार्य नगरिदिएको गुनासो पोखे। यसैगरी तीनधारे महानदी समष्टीमा कार्यरत् नियमित भोलेन्टियर शिक्षक शिक्षिकाहरूलाई कुनै पनि संगठनले सदस्यता नदिएको कारणले आजको सभा गर्नुपरेको बताए। यस समष्टिका स्कुलहरूमा भोलेन्टियरहरूले नियमित रूपमा पढ़ाउने कार्य गरिरहेको भएपनि कुनै पनि संगठनले सदस्यता नदिएपछि तीनधारे महानदी समष्टिभित्र रहेको स्कुलहरूमा नियमित रूपमा पढाइरहेका शिक्षकहरूलाई लिएर आज संगठन गठन गरियो। उक्त संगठनको नाम नियमित भोलेन्टियर शिक्षक संगठन तीनधारे महानदी समष्टि राखिएको छ। उक्त संगठनमा सभापति सञ्जय प्रधान, उप सभापति सिर्जना तामाङ, सचिव मृदुला शर्मा, सह सचिव बिपन विश्वकर्मा, कोषाध्यक्ष मनिषा प्रधान लगायत 12 जनाको कार्यकारी सदस्य चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *