तीनधारे-महानदी समष्टिको विभिन्न ठाउँमा चुनावी सभा सम्पन्न

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीको आयोजनामा समष्टिको विभिन्न ठाउँहरूमा लगातार रूपमा चुनावी सभाहरू गरेर बुथ स्तरीय कमिटी गठनको कार्य चलिरहेको छ। यसै क्रममा आज तीनधारे- महानदी समष्टिको समिरिङ र मालुटारमा पनि चुनावी सभा र बुथ स्तरीय कमिटी गठन गरिएको छ। आज सिमरिङमा चुनावी सभा डीबी सुब्बाको अध्यक्षतामा सम्पन्न  भयो । उक्त सभालाई दिवस वाइबाले सञ्चालन गरेका थिए। सभामा गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव एवम् तीनधारे महानदी समष्टिको चुनाउ कमिटीका चिफ को-अर्डिनेटर राजीव थापा, समष्टिका कार्यकारी सभापति सीबी राई र डीटीडीपीएलयु-का जोनल कमिटीका सभापति गणु छेत्रीद्वारा वक्तव्य राखिएको थियो। उक्त सभामा सिमरिङ बुथको लागि बुथ स्तरीय कमिटी गठन गरियो, जसमा को-अर्डिनेटर दिवस वाइबा, सह को-अर्डिनेटरहरूमा मञ्जु परियार, डोमा तामाङ, शंकु तामाङ, प्रनिल सुब्बा, अजन सुब्बा, कमल सुब्बा र राजीव लामालाई चयन गरियो।


यसैगरी, अर्को चुनावी सभा तीनधारे- महानदी समष्टिको मालुटार चियाबारीमा सम्पन्न भयो। प्रह्लाद छेत्रीको अध्यक्षता र बुथ कमिटी सभापति नरेश राईको सञ्चालनमा सम्पन्न सभालाई डीटीडीपीएलयुका केन्द्रीय सह सचिव राजेस थापा, चिफ को-अर्डिनेटर राजीव थापा र समष्टिका सांगठनिक सचिव उत्तम छेत्रीले आ-आफ्नो वक्तव्य राखे। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवम् समष्टिको चुनाउ कमिटीका चिफ को-अर्डिनेटर राजीव थापा र डीटीडीपीएलयु-को जोनल कमिटीका सभापति गणु छेत्रीद्वारा विस्तृत जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *