तीनधारेमा हनुमान जयन्ती पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको गैरी गाउँमा रहेको गोदावारी संघको आयोजनामा तीनधारेमा हनुमान जयन्ती पालन गरियो। गैरी गाउँदेखि केही माथिपट्टि एनएच 55 परिसरमा रहेको मन्दिरमा हनुमान जयन्ती पालन गरियो। एनएच 55 अन्तर्गत तीनधारेको गैरी गाउँको मन्दिर गोदावारी संघको आयोजनामा गत 2017 देखि हनुमान जयन्ती पालन गर्दै आइरहेको छ। यसपाली उक्त मन्दिरमा वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर सरकारबाट जारी नियमहरूलाई पालन गर्दै हनुमान जयन्ती पालन गरियो। उक्त मन्दिरका पुरोहित फनेन्द्र उपाध्यायले चैत शुक्ल पूर्णिमाको दिन हनुमान जयन्ती पालन गरिन्छ। यस मन्दिरमा गत तीन वर्षदेखि हनुमान जयन्ती पालन गर्दै आइरहेको छ भने यस वर्ष कोभिडको खतरालाई ध्यानमा राखेर सरकारी नियमलाई पालन गर्दै पुजा अर्चना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *