तीनधारेमा लासाङ मेमोरियल चर्च भवनको उद्घाटन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँमा लासाङ मेमोरियल चर्चको नयाँ भवनको उद्घाटन आज कालेबुङको मार्क फारलेन चर्चका पास्टर रेभरेन्ट सामुएल लेप्चाको बाहुलीबाट गरियो। उद्घाटन समारोहमा चर्च निर्माणमा सहयोग गर्ने सबैलाई खदार्पण सहित स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइयो। समारोहमा बाईबलको पुरानो नियमको पठन रेभरेन्ट जेनस लेप्चाले अनि नयाँ नियमबाट पठन रेभरेन्ट वाङ्गेल लेप्चाले गरे।


समारोहमा सन्त जोहन चर्चको आमा झुण्ड, युवा झुण्ड अनि लासाङ मेमोरियल चर्चका युवाहरू र आमा झुण्डबाट पनि गीत प्रस्तुत गरियो। यस कार्यक्रम अवधि लासाङ मेमोरियल टेलरिङ सेन्टरको पनि उदघाटन गरियो। समारोहमा अन्तिम प्रार्थना मिरिकका पास्टर रेभरेन्ट नारायण शर्माले गरे भने आशिष रेभरेन्ट सामुएल लेप्चाले गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *