तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 112औँ जन्म जयन्ती पालन

खरसाङ: खरसाङ महकुमाको तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती पालन गरियो। साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा आज 112औँ देवकोटा जयन्ती पालन गरियो। कार्यक्रमको शुरूमा महाकवि देवकोटाको तस्विरमा सभाध्यक्ष लगायत उपस्थित सबैले धुप दीप प्रज्ज्वलन गरेर खदार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक कल्याण संगठनका सभापति दिपक प्रधानले गरेका थिए भने सञ्चालन गीतकार सुकुमार बराईलीले गरेका थिए।


कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थानका सचिव सन्तोष लामाले राखे। कार्यक्रममा बरुण रसाईली र अनिल विद्रोहीले कविता पठन गरेका थिए भने सुकुमार बराईली र चन्दु भुषालले गीत प्रस्तुत गरे। यसैगरी, कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा मदन कुमार प्रधान, पूर्णकुमार मास्के र रञ्जनकुमार रसाईलीले आ-आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *