तीनधारेमा निःशुल्क आँखा जाँच शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेको शङ्कर निवासस्थित दिव्यज्योति संघ र बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाईटीको तत्वावधानमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त नि:शुल्क आँखा जाँच शिविरमा तीनधारे लगायत यसका संलग्न क्षेत्रका मोठ 33 जनाले आँखा जाँच गराएका थिए। शिविरपछि पत्रकारहरूसित कुराकानी गर्दै दिव्यज्योति संघका सह सचिव नवराज छेत्रीले आफूहरूले आज तीनधारे र वरिपरिका क्षेत्रहरूलाई लिएर नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरेको बताउँदै यसको लागि तिनले बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाईटीका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्। उक्त शिरविरमा आँखा रोग विशेषज्ञ डा. प्रशान्त रोय उपस्थित थिए भने बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाईटीका कार्यक्रम आयोजक ममता गुरुङ, म्यानेजर बबलु दास लगायत दिव्यज्योति संघका पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *