खरसाङ: तीनधारेको शंकर निवासस्थित ब्रह्म मन्दिर प्राथमिक पाठशालामा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। शंकर निवासको माँ दुर्गा मन्दिर ट्रस्ट, दिव्य ज्योति संघ र सेभ साइट फाउन्डेसन कालेबुङको संयुक्त आयोजनामा गरिएको उक्त नि:शुल्क आँखा जाँच शिविरमा तीनधारे क्षेत्रका मोठ 25 जना रोगीले आफ्नो आँखा जाँच गराए। उक्त शिविरमा डा. जावेद उषमानी लगायत तिनका सहयोगी ममता गुरुङ, फ्रेन्ड्स अफ् ट्रिज फोरम मिरिकका सचिव मोहम्मद शमशेर अली तथा अन्यहरू उपस्थित थिए।