खरसाङ : खरसाङको तीनधारेस्थित गोलाई पाखाको मित्र संघको आयोजनामा यहाँको राधा कृष्ण मन्दिरको नयाँ भवन मैती छेत्रीको बाहुलीबाट उद्घाटन गरियो। राधाकृष्णको पुरानो मन्दिर जीर्णावस्थामा रहेकोले यहाँको मित्र संघको आयोजनामा नयाँ मन्दिर निर्माण गरेर आज उदघाटन गरियो। उक्त मन्दिर उदघाटनको लागि मित्र संघ तीनधारेको आयोजनामा तीन दिवसीय पुजा सम्पन्न गरियो। उक्त तीन दिवसीय पुजामा तीनधारे क्षेत्रका कलाकारहरूले भजन कीर्तनमा सहभागिता जनाएका थिए। यसमा विशेष गरेर बरुण रसाईली, कर्म मोक्तान, ऋषिका लामा, निरज प्रधान, इसान्त विश्वकर्मा लगायतका कलाकाकहरूले सहभागिता जनाएका थिए भने अतिथि कलाकारहरू बिजनबारीबाट आएका थिए। चारजना पुजारीहरूले पुजा गरेर राधा कृष्ण मन्दिरको उदघाटन मित्र संघ गोलाई पाखा तीनधारेका सचिव ईशान्त विश्वकर्माले बताए।
