तीनधारेमा रक्तदान शिविर आयोजना गरिने

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा तीनधारेको शंकर निवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशालामा रक्तदान शिविर आयोजना गरिने भएको छ। तीनधीरेको बुथ नम्बर 247 अन्तर्गत पर्ने गाउँहरूलाई मिलाएर आगामी 7 अगस्तको दिन रक्तदान शिविर हुने भएको छ। उक्त रक्तदान शिविरमा तीनधारेको बुथ नम्बर 247 अन्तर्गत पर्ने गाउँहरू र वरिपरिका जनसाधारणले पनि आएर आफ्नो रगत दान गर्न सक्ने भएकोले सबैलाई उपस्थित भइदिएर आफ्नो रगत दान गरिदिने स्थानीय सीबी भुजेलको अपिल गरेका छन्। तिनले उक्त रक्तदान शिविरमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत 247 नम्बर बुथका सबै युवाहरू उपस्थित रहने जानकारी गराएका छन् ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.