तीनधारेमा श्रमिक संगठन गठन

तीनधारे (निसं) : तीनधारे क्षेत्रका बेरोजगार युवाहरूलाई लिएर श्रमिक संगठन गठन गरिएको छ। यस विषयमा तीनधारेको राजबारीस्थित जनसेवा संघमा एउटा सभा मदन दियालीको अध्यक्षतामा सम्पन्न गरियो। सभामा उपस्थित श्रमिक सदस्यहरूलाई सम्बोधन गर्दै अजय विश्वकर्मले सभा विषयमा जानकारी गराए। तिनले तीनधारे क्षेत्रको युवाहरू बेरोजगार भएर बसेको र आफ्नै क्षेत्रमा काम नपाएर बेरोजगार भएर बस्नु बाध्य परेको बताइएको छ। यसै कुरालाई ध्यानमा राखेर श्रमिक संगठन तीनधारे शाखाको गठन गरिएको छ र यस कमिटीमा अजय विश्वकर्मलाई संयोजक चयन गरिएको छ। नवगठित यस संगठनको आगामी सभा आगामी 7 अगस्तको दिन गरिने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *